नियम
औषधिसग सम्बन्धित नदेखिएको पदार्थलाई हटाउन सक्ने

(१) निरीक्षकले कुनै ठाउमा गई निरीक्षण, जाचबुझ वा खानतलासी गर्दा सो ठाउमा औषधि बाहेक अन्य कुनै पदार्थ
फेला परेमा त्यसरी फेला परेको पदार्थको प्रयोग बारेमा औषधि धनी वा निजको प्रतिनिधिले बताउन नसकेमा र सो पदार्थ औषधिसग सम्मिश्रण हुने सम्भावना छ भन्ने लागेमा निरीक्षकले त्यस्तो पदार्थलाई अविलम्ब त्यहाबाट हटाउने आदेश दिन
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले कुनै पदार्थलाई हटाउने आदेश दिएमा औषधि धनी वा निजको प्रतिनिधिले सो पदार्थ हटाउनु पर्नेछ ।